• Friday, April 11, 2025

सबै उडान जेठ २ सम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने

केशवराज पौडेल / काठमाडौं, वैशाख १३ गते । कोरोना रोकथाम उच्च स्तरिय समितीको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ । शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना रोकथाममा भैरहेका कार्यहरुलाई निरन्तरता दिने बिषयमा भोलिको मन्त्री परिषद्को बैठकमा छलफल गर्न केही प्रस्ताव समेत पेश गर्ने निर्णय गरेको छ ।

उच्च स्तरिय समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले २१ औं बैठकबाट आगामी मे सम्म आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान रद्ध गर्ने प्रस्ताव भोलिको मन्त्री परिषद्को बैठकमा पेश गर्ने छलफल भएको बताउनुभयो ।

अप्रिल ३० सम्म रोकिएको हवाइ उडानलाई मे १५ अर्थात जेठ २ गतेसम्म पु¥याउने प्रस्ताव लाने निर्णय भएको बिडारीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

शनिबार प्रधानमन्त्रीको कार्यालयमा बसेको उच्चस्तरीय समन्वय समितिको २१ औं बैठक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा कोरोना रोकथाममा सकृय रहेका मन्त्रालयका मन्त्रीहरुको उपस्थिति सहभागिता रहेको थियो ।

बैठकमा हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको बिषयमा समीक्षा भएको सचिव विडारीले बताउनुभयो ।

उहाँले लकडाउन एक महिना दुईदिन पूरा भएको र यो समयममा भएका प्रभावकारिताको बिषयमा छलफल गरिएको बिडारीले जानकारी दिनुभयो । ‘ यो समयमा सबै सरोकारका निकायका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मिडियाकर्मीसबै खटिनु भएकोलाई समितिको तर्फबाट धन्यवाद छ’ सचिव बिडारीले भन्नुभयो ।

समिक्षासँगै भोली मन्त्री परिषद्को बैठकमा लकडाउन थप गराउने वा नगराउने बिषयमा प्रस्ताव समेत लिएर जाने छलफल भएको बिडारीले भन्नुभयो । लकडाउन थपिने र रोकिने बिषयको निर्णय भोलीको मन्त्री परिषद्को बैठकमा आउनेछ आजको बैठकमा त्यसको छलफल भएपनि निर्णय भएको छैन बिडारीले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter