• Friday, April 11, 2025

माग धान्न नसक्दा पोखरामा खाद्यको चामल बिक्री बन्द, तीन दिनमै बिक्यो ७३० क्विन्टल

पोखरा, वैशाख १३ गते । । सरकारी स्वामित्वको संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गण्डकी अञ्चल कार्यालयले मागका अनुपातमा आपूर्ति व्यवस्था मिलाउन नसक्दा चामलको बिक्री बन्द गरेको छ।

बन्दाबन्दीसँगै बजारमा खाद्यान्नको सहज आपूर्ति नभएको अवस्थामा कम्पनीको पोखरास्थित गण्डकी अञ्चल कार्यालयमा सर्वसाधारणको चाप बढेको थियो । तीन दिनको अन्तरालमा मात्रै पोखरा कार्यालयबाट ७३० क्विन्टल चामल बिक्री भएको छ । कम्पनीले गत चैत अन्तिम साता सूचना जारी गर्दै बिक्री खुला गर्दा बैशाख ७ पछि चाप धान्नै गाह्रो परेको अञ्चल कार्यालय प्रमुख भोजराज पाण्डेले बताए।

उनका अनुसार पछिल्लो तीन दिनमा चामल लिन आउनेको धेरै भीड भएको थियो। ‘खरिद गर्न आउनेको भीड व्यवस्थित गर्न पनि धौधौ भयो,’ उनले भने, ‘संस्थानले विगतमा बिक्री गर्दै आएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा बिक्री गर्दै आएको छ ।’

यो अवधिमा ४५० क्विन्टल जापानी चामल र २८० क्विन्टल सोना मन्सुली चामल बिक्री भइसकेको छ । संस्थानले १० प्रतिशत राहत दिएसँगै जापानिज चामल प्रतिकेजी ४२ रुपैयाँ ३० पैसा र सोना मन्सुली प्रतिकेजी ४१ रुपैयाँ ८५ पैसाका दरले बिक्री गरिएको उल्लेख गर्दै उनले भने ‘यसअघि जापानी ४७ र सोना मन्सुली चामल ४६ रुपैयाँ ५० पैसा प्रतिकेजीका दरले बिक्री हुँदै आएको थियो ।’ प्रतिव्यक्ति ३० केजीको एक/एक बोराका दरले बिक्री वितरण गरिएको उनले बताए ।

कम्पनीले विशेषगरी कारागारका कैदीबन्दीका लागि आवश्यक चामल उपलब्ध गराउँदै आएको बताउँदै प्रमुख पाण्डेले भने ‘गण्डकी प्रदेशका नवलपुर र बागलुङबाहेक नौ जिल्ला कारागारमा चामल पुर्‍याउँदै आएका छौं ।’

जापानिज चामल शुक्रबारदेखि सकिएको छ भने ६०० क्विन्टल सोना मन्सुली अहिले पनि गोदाममा मौज्दात छ। अर्को सूचना प्रकाशित नगरेसम्मका लागि भन्दै कम्पनीले शनिबारदेखि अञ्चल कार्यालयबाट चामल बिक्री बन्द गरिएको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter