लकडाउनको अवधि बैशाख २५ सम्म लम्व्याइयो

काठमाडौं, वैशाख १४गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनुभएकाे हाे ।

साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत गरेकाे उहाँले बताउनुभयाे । साथै हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म राेक्ने निर्णय भएकाे छ ।

चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीनपटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटकबढाएर २५ गतेसम्म पु¥याएको थियो ।

यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक डाउनको अवधिबढाइएको थियो ।

छिमेकी देश भारतमा लक डाउनको समय बढाएको र त्यहाँकोरोना भाइरसका कारणले संक्रमणबढेसँगै नेपालमापनिबढ्न सक्ने आंकलनगर्दैैडाउनको अवधिचौंथो पटकमा १२ दिनबढाएर वैशाख १५ सम्म पु¥याएको हो ।

आइतबार नेपालमाथपदुईजनालाई संक्रमणभएर संक्रमित संख्या ५२ जनापुगेको छ भने १६ जनापूर्ण रुपमानिको भएर डिस्चार्ज भएकाछन् ।

संक्रमितअन्य ३५ जना देशकाविभिन्नअस्पतालमाउपचार गराइरहनुभएको छ । उहाँहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवत्ताडा. विकास देवकोटाले जानकारी गराउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter