• Friday, April 11, 2025

राैतहटमा थप दुईजनामा काेराेना पुष्टि, कुल संक्रमित ५४

कृष्ण तिवारी / रौतहट, बैशाख १६ गते । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । नेपालमा भने कुल संक्रमित संख्या ५४ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि संक्रमणकाे पुष्टि गरेकाे छ । जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जिल्लाको देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षिय पुरुष तथा वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएका दुवै जनाको स्वाब नमुना परिक्षणका लागि प्रादेशीक अस्पताल जनकपुर पठाईएको थियो तर त्यहाँ नतिजा नेगेटिभ आएपछि अशंका लागेर पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पताल पठाउँदा दुवै जनाको नतिजा पोजेटिभ देखिएको अधिकृत साहले बताउनुभयो ।

देवाही गोनाही नगरपालिका १ का संक्रमित जय किसान पोलि टेकनिकल ईस्टिच्युट धरहरीको क्वारेन्टाईनमा बसिरहेका छन भने अर्का संक्रमित वृन्दावन नगरपालिका ९ का पुरुष चन्द्रपुर नगरपालिका ६ स्थित क्वारेन्टाईनमा बसेर डिस्चार्ज भई घर फर्किसकेका छन ।

१५ दिनसम्मको बसाई पछि क्वारेन्टाईनबाट घर फर्काइएको अवस्थामा पनि वृन्दावन नगरपालिका ९ का पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिनुभयो ।

संक्रमित देवाही गोनाही नगरपालिका १ का ति पुरुष भारतको दिल्लीबाट फर्केर विगत १५ दिनदेखी क्वारेन्टाईनमा बस्दै आएका छन भन्ने वृन्दावन नगरपालिका ९ का ति पुरुष भारतबाट नै फर्केर आएका व्यक्ति हुन ।

यसअघि पनि जिल्लाको इशनाथ नगरपालिकाको औरैया क्वारेन्टाईनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तर उनी स्वस्थ भएर घर फर्किसकेका हुन ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter