आर्थिक वृद्धिदर सामान्य हुने, जीडीपी २.२७ मा सीमित रहने अनुमान

गोपालचन्द्र सुवेदी / काठमाडौं बैशाख १७ गते । कोरोना महामारीसंगै र बन्दाबन्दीका कारण नेपालको अर्थतन्त्रमा ठूलो मन्दि आउने अनुमानका बीच सामन्य वृद्धि भने हासिल हुने प्रक्षेपण सार्वजनिक भएको छ । नेपालको कुल ग्रार्हस्थ उत्पादन वृद्धिदर २.२७ प्रतिशतमा सिमित हुने भएको केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो आर्थिक अध्ययन प्रतिवेदनले देखाएको हो ।

भूकम्प र नाकाबन्दीका समयमा ०.२ प्रतिशतमा सिमित रहेकामा बन्दाबन्दीका कारण त्यति ठूलो असर भने नपर्ने देखिएको हो । आर्थिक वर्ष २०७२÷७३मा कुल ग्राहस्थ उत्पादन वृदिदर ०.२ प्रतिशत थियो ।

विभागले कोरोना महामारी नियन्त्रणका लागि भए गरेका अन्तरिक र वाह्य प्रयासहरुको असरले वृद्धिदर केहि सुस्ताउने औल्याएको हो । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ६.७ प्रतिशत थियो । विभागले यो अनुमान अन्तरराष्ट्रिय यातायात, होटल रेष्टुँराजस्ता क्षेत्र असारमसान्तसम्मै अत्यधिक प्रभावित हुने र अन्य क्षेत्रहरु जेठवाट क्रमिक रुपमा नियमित हुनसक्ने अपेक्षाका आधारमा तयार गरेको हो । यो वर्षको कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्व ९ अर्व रहेको उल्लेख छ ।

रेमिट्यान्स आप्रवाह पनि ७ खर्व १६ अर्व रुपियाँमा सिमित रहने अनुमान छ । जुन कुल ग्राहस्थ उत्पादनको १९.०१ हुनेछ । गत आर्थिक वर्षमा विप्रेशण ८ खर्व ३८ अर्व रुपियाँ नेपाल भित्रिएको थियो. ।

कुल ग्राहस्थ उत्पादनलाई प्रमूख रुपमा प्रभावित गर्नेमा कृषि, बन मत्य र खानी उत्खननलाई समेटिएको प्राथमिक क्षेत्रको मुल्य अभिवृद्धि पनि २.५४मा सिमित हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter