एफएओले नेपाललाई चार अर्ब ६९ करोड अनुदान दिने

काठमाडौँ, वैशाख २१ गते । हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ । चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे छ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुम श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गर्नुभयो । उक्त परियोजना प्रदेश नं १, २ र वाग्तमती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित दुई लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter