नेपालमा काेराेना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको चिकित्सककाे भनाइ

सिराज खान / गोविन्द शर्मा / नेपालगञ्ज, वैशाख २२ गते । एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य सामाग्रीसहित केन्द्र र प्रदेशबाट विज्ञसहितको प्राविधिक टोली आउन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

टोलीले सबै अवस्थाको निगरानी गर्नुका साथै परीक्षणलाई बढाउने तथा बढी भन्दा बढी मानिसहरुलाई परीक्षणको दायरामा ल्याउन रणनीति बनाउने स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताउनुभयो ।

एकै पटक यति धेरै जनामा संक्रमण देखिएपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनिरहेको बताउँदै उहाँले नेपालगञ्ज उपमहानगरपालिका–८ जुलाहानपुरका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको बताउनुभयो । उनीहरु सबैको स्वाब संकलन गरेर परिक्षणको तयारी भैरहेको श्रेष्ठले बताउनु भयो ।

पछिल्लो पटक संक्रमित देखिएकाहरू स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आएको फोकल पर्सन श्रेष्ठको भनाइ छ । यो घटनापछि नेपालगञ्जमा कोरोना ‘कम्युनिटी ट्रान्समिसन’ (संक्रमितबाट अर्को व्यक्तिमा सरेको) भइसकेको र संक्रमण तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुको भनाइ छ ।

‘कोरोनाको चरण यकिन गर्ने स्वास्थ्य मन्त्रालय भए पनि नेपालगञ्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भन्नुभयो, ‘कोरोनाको संक्रमण दोस्रो चरणको बोर्डर नाघिसक्यो ।’ सो घटनापछि जुलाहनपुरलाई चारैतिरबाट पूर्ण रुपमा सिल गरिएको छ भने नगरका धेरै जसो वडाहरु सिल गरिसकिएका छन् ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले कोरोनाको संक्रमण देखिएका व्यक्तिहरूलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखिएको बताउनु भयो । ‘हामी तयारी अवस्थामै थियौँ । त्यसैले कोरोना पुष्टि भएपछि तत्काल उनिहरुलाई त्यहाँ पुरयाईयो,’ उहाँले भन्नुभयो ।

पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ५५ जनाको परिक्षणमा १५ कोरोना संक्रमीत पहिचान भएको थियो । जारी थप परिक्षणको नतिजा आउदै गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना रोकथाममा अर्थमन्त्रालयबाट करिव चार अर्व निकासा

अर्थमन्त्री डा. युवाराज खतिवडाले कोरोना संक्रमण जोखीम नियन्त्रणका लागि अर्थमन्त्रालयले करिव चार अर्व रुपियाँ निकासा भएको जानकारी दिनुभएको छ ।

सोमबार संसदको अर्थसमितिमा कोरोनो रोकथाममा सरकारले थालेका कदम र अर्थतन्त्रमा पारेका प्रभाव र अवको कार्यदिशाबारे जानकारी दिँदै डा. खतिवडाले स्वास्थ्य मन्त्रालयका लागि एक अर्व ८ करोड, समग्री खरिदका लागि रक्षा मन्त्रालयमार्पmत नेपाली सेनालाई दुई अर्व ३४ करोड र सरकारले स्थापना गरेको कोषमा ५० करोड रुपियाँ गरी तीन अर्व ९२ करोड निकासा भएको जानकारी दिनुभएको हो ।

खतिवडाले सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि हरसम्भव उपायहरु कार्यान्वयन गरिरहेको जानकारी गराउनु भएको थियो । “ उपयुक्त समयमै बन्दाबन्दी घोषणा गरिएकाले संक्रमणको जोखिम न्युनीकरणमा धेरै सफलता मिलेको छ,” उहाँले भन्नुभयो,“जोखिम न्युनीकरणका लागि स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्ति परिचालनमा कुनैपनि कमि हुन दिइएको छैन ।”

बजेटमा दवाव

बन्दाबन्दीले राजश्व संकलन तथा सार्वजनिक खर्च पनि प्रभावित भएको उहाँले बताउनु भयो । सरकारले चालु आर्थिक वर्षको सूरुवात देखिनै आयातमा कडाई गरिरहेका कारण राजश्वमा दवाव परिरहेको र कोरोना संक्रमणका कारण त्यो दवाव उच्च भएको जानकारी भएको थियो ।

चैत महिनासम्म त लक्ष्यको ८० प्रतिशत राजश्व संकलन भएको थियो,” उहाँले भन्नुभयो, तर त्यसपछि भने लक्ष्यको एक चौथाइमात्र भन्सार राजश्व संकलन भएको छ ।” वैदेशिक सहायता परिचालन मार्पmत यसको भरथेग गर्ने सोचमा सरकार रहेको मन्त्री खतिवडाको भनाई थियो । वैदेशिक सहायता परिचालनमार्पmत कोरोना संक्रमण र जोखिम कै न्युनीकरणमा करिव डेड खर्व रुपियाँ संझौता हुने अवस्थामा पुगिसकेको जानकारी उहाँले गराउन्ु भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter