नीति तथा कार्यक्रमबारे स्वास्थ्यमन्त्रीद्वारा सांसदसँग छलफल

काठमाडौं, वैशाख २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषय र बजेटका सन्दर्भमा दुबै सदनका सांसदहरूसँग सुझाव लिनु भएको छ । यसअघिका स्वास्थ्यमन्त्रीले भन्दा पृथक ढंगलले मन्त्री ढकालले सोमबारबाट प्रतिनिधसभाका सदस्यहरूसँग स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषय जनताको तर्फबाट निर्वा्चित भएका दशैभरका प्रतिनिधिसँग सुझाव लिन सुरू गर्नुभएको हो । मन्त्री ढकालले बुधबारमात्रै चार प्रदेशका सांसदहरूसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिनुभएको हो । उहाँले सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग सोमबार सुझाव लिनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधव प्रसाद तिवारीले जानकारी दिनुभयो ।

मन्त्रालयको हलमा चारै प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरी सुझाव लिनुभएको हो । मन्त्री ढकालले सांसदहरूको अपनत्व बढाउन र सबै प्रतिनिधिको सुझाव समेट्नका लागि छलफल गरेर सुझाव संकलन गरेको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सुझाव मार्गदर्शक बन्ने भन्दै सुझावका लागि सांसदहरूलाइ धन्यवाद समेत दिनुभएको छ । मंगलबार बागमती प्रदेश भित्रका प्रतिनिधिसभाका सदस्यहरूसँग सुझाव लिने कार्यक्रम रहेको छ ।

सुझावका क्रममा सांसदहरूले भएका अस्पतालहरूको स्तरोन्ती गर्न सुझाव दिएका छन । त्यस्तै जनशक्तिको व्यवस्थापनमा ध्यान दिँदै एक पालिका एक अस्पतालको नीति कडाइका साथ लागू गर्न सुझाव दिएका छन । सुझावका लागि राष्ट्रियसभामा सत्तापक्षका नेता रहनु भएका दिनानाथ शर्मा, उद्योगमन्त्री लेखराज भट्ट र वनमन्त्री शक्ति बस्नेतले सिमेत मन्त्रालयमै उपस्थित भएर सुझाव दिनुभएको थियो ।

सुझाव दिँदै वनमन्त्री शक्ति बस्नेतले स्वास्थ्य बीमा अनिवार्य सहभागी हुने बाध्यात्मक प्रावधान ल्याउन अनुरोध गर्नुभयो । उहाँले गरिबका रेखामुनी रहेका जनताको हकमा कसरी सहभागी गराउने भन्ने विषयमा पनि सोचिनु पर्ने बताउनुभयो । त्यस्तै कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद दीपक भट्टले सबै प्रदेशमा कम्तिमा एउटा ट्रमा सेन्टर स्थापना गर्न अनुरोध गर्नुभयो ।

राष्ट्रियसभामा सत्तापक्षका सचेतक समेत रहनु भएका सांसद खिमलला भट्टराइले कोरोना रोगले स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका निम्ति एउटा अवसर समेत प्रदान गरेको भन्दै चुनौतिका बीचमा दीर्घकालीन सोच राखेर कामा गर्नुपर्ने बताउनुभयो । उहाँले पहिलो कोरोना संक्रमितको प्रयोगशाला पुष्टिका लागि हङकङ पठाउन परेको सम्झदै यही बीचमा स्वास्थ्य मन्त्रीज्यूले कुशलता पूर्वक सबै प्रदेशमा केन्द्रीय प्रयोगशालाको क्षमताकै ल्याबहरू विस्तार गरेको भन्दै मन्त्रालयलाइ धन्यवाद दिनुभयो ।

सांसद हरि अधिकारीले कोरोना रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमित स्रोत र साधनका बीचमा अदभूत काम गरेको भन्दै अब वस्तुगत स्वास्थ्य नीति तयार गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ अस्पतालहरू बनाउँदा वस्तीभन्दा पर बनाउनुपर्ने भन्दै भन्दा बढी औषधि उद्योगहरूको स्थापनाका लागि अनुरोध गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter