• Saturday, April 19, 2025

हाल अवलम्बन गरेको नीति ठीक छ, यही ढङ्गले अगाडि बढ्नु पर्छ

काठमाडौं, वैशाख २३ गते । आज सिंहदरबरमा बसेको कोरोना नियन्त्रसम्बन्धी उच्च स्तरीय समितिको बैठकले जारी बन्दाबन्दी कोरोना रोकथामका लागि उपयुक्त भएको निश्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद विडारीले सो कुराको जानकारी दिनुभयो ।

बैठकपछि उहाँले भन्नुभयो, अहिलेको स्थिति सही छ जुन ढङ्ले अघि बढी रहेको छ त्यो जनताको जिउ ज्यान जोगाउन ठीक छ । यही नीतिलाई अझ बढी प्रभावकारी रुपमा बढाउनु पर्छ ।

उहाँले लकडाउन बढाउने विषयमा के सिफारिस गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा केही स्पष्ट पार्नु भएन । उहाँले सो कुराको निर्णय भोलिको मन्त्रिपरिषदले गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयाे, सरकारले विगतमा औषधि उपकरण बेचविखन कृषि व्यवसाय जस्ता कुरा उच्च सर्तकता अपनाएर विगतमा गरिएका जस्तै दैनिक आवश्यकताका कुरालाई निरन्तरता दिने, संक्रमण रोक्न सबै शक्ति प्रयोग गर्ने यसलाई अहिल कै अवस्थामा राख्ने छलफलको सार हाे ।

यस विषयमा भोलिको मन्त्रिपरिषदको बैठकमा थप छलफल हुने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter