स्वीस सरकारले दिएको ३० हजार पीसीआर टेष्ट किट काठमाडौआइपुग्यो

काठमाडौँ, वैशाख २५ गते । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गर्नुभएको हो । स्वीस सरकार विकास सहयोग (एसडिसि) को सहयोगमा चार हजार पिपिई सेट एक हजार इनफ्रारेड थर्मोमिटर आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरिसकेको छ ।

नेपाल सरकारलाई उक्त संस्थाले कोभिड–१९ को पूर्वतयारी, राहत र पुनस्थापनाका प्रयास सहयोग पु¥याउन रु पाँच लाखको कोष स्वीकृत गरेको छ । कोषले महामारी प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटाान एवं आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्नेछ ।

नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ३० हजार किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter