कपिलबस्तुमा दुई जनामा कोरोना पुष्टि, कुल १०१ पुग्यो; थप आठजना कोरोना संक्रमित निको भए

काठमाडौं, वैशाख २५ गते । कपिलबस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै केरोना संक्रमण पुष्टि हुनेको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञाप्ति मार्फत जानकारी गराएको छ ।

कोसी अस्पतालमा उपचाररत थप आठजना कोरोना संक्रमित निको भए

विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका थप आठजना कोरोना संक्रमित निको भएका छन् ।

प्रदेश १ सरकारको कोरोना सूचना डेस्कका अनुसार उनीहरू सबैलाई शुक्रबार बिहान डिस्चार्ज गरिनेछ । यसअघि विराटनगर– १० स्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमै उपचाररत ६ जना भारतीय जमाती बुधबार निको भएर डिस्चार्ज भएका थिए ।

सबैको दोस्रोपटक पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । यससँगै प्रदेश १ मा उपचार गराइरहेका ३१ जना कोरोना संक्रमितमध्ये निको हुनेको संख्या १४ पुगेको छ ।

प्रदेश १ मा पिसिआर विधिबाट हालसम्म एक हजार सात सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटी विधिबाट ६ हजार आठ सय ३१ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter