आइतबारबाट उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’, सरकारी कार्यालय खुल्ने भनिएकाे छैन

काठमाडौँ , बैशाख २७ गते। काठमाडौं उपत्यकाका सडकमा लकडाउनका वेला पनि सवारीको संख्या बढेपछि भीड नियन्त्रण गर्न ‘टाइम कार्ड’ निर्धारण भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवालाको छलफलले लकडाउन अवधिभर सवारी सञ्चालनमा कडाइ गर्न पास अनिवार्य गर्ने र ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो ।

आइतबारबाट पास भए पनि तोकिएको समयमा मात्र सवारी चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । आइतबारबाट खुल्ने सरकारी कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्किन पाउनेछन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म जान र साढे तीन बजेदेखि पाँच बजेभित्र फर्किन पाउनेछन् ।

त्यस्तै, सामान्यतः खाद्यान्न, तरकारी, इन्धनलगायतका अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने निर्णय भएको एसएसपी ढकालले जानकारी दिए । औषधि र खानेपानीका लागि भने टाइम कार्ड लागू हुनेछैन ।

निर्माण सामग्री बोक्ने वा अन्य सामग्री बोकेका ठूला टिपर र ट्रकहरू भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै उपत्यका प्रवेश गर्न पाउनेछन् ।

पास भए पनि विनाकाममा यताउता हिँडिरहने वा एउटा काममा पास लिएर फरक प्रयोजनमा प्रयोग भएको पाइएमा कारबाही हुने उनले बताए । सरकारले लकडाउनमा ठप्प भएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विभिन्न ४४ प्रकारका उत्पादनमूलक उद्योगहरू खोल्ने निर्णय गरेपछि सडकमा भीडभाड कम गर्न सवारीसाधनलाई टाइम कार्ड लागू गरिएको उनले बताए ।

वित्तीय संस्था आंशिक सञ्चालन, सरकारी कार्यालय खुल्ने भनिएकाे छैन

आइतबारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ । कार्यालयका अनुसार अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानहरुमा आवश्यक कर्मचारीमात्र कार्यालय आउने यस अघिको व्यवस्था यथावत छ ।

केही सञ्चारमाध्यमले गलत समाचार प्रकाशन गरेका कारण कर्मचारी वर्गमा अन्यौल बढेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वैशाख २४ गतेको मन्त्रिपरिषद्को निणर्यानुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउनेछन् ।

ती कार्यालयले पनि आम सेवाग्राही आउने गरी नभई आन्तरिक र प्रकृयागत कार्यसञ्चालनका लागि कार्यालय प्रमुखले आवश्यकता अनुसार निश्चित तहका न्यूनतम कर्मचारी मात्र कार्यालयमा बोलाउन सक्ने व्यवस्था गरिएको हो ।

यस अनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय भने आंशिक सञ्चालनमा आउनेछन् । “अवस्था हेरेर कार्यालको आवश्यकता अनुसार निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्र काम सञ्चालन गर्ने हो तर सेवाग्राही बोलाउने गरी ती कार्यालय सञ्चालन हुने होइनन्,” पौडेलले भन्नुभयो ।

सरकारले कोरोना जोखिमका कारण जारी गरेको बन्दाबन्दी जेठ ५ गते सम्मका लागि घोषणा गरेको छ । यस अनुसार अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई आवश्यक पर्दा कार्यालय आउन सक्ने गरी घरमै बस्ने गरी विदा दिने निर्णय गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter