नेपाली भूमिभित्र कुनै पनि किसिमको गतिविधि नगर्न परराष्ट्रको आग्रह



काठमाडौँ , बैशाख २७ गते। नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो ।

शनिवार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको दोहोर्‍याएको छ।

नेपाल भारतका प्रबुद्ध व्यक्तिहरूको समुह इपीजीको प्रतिवेदन बुझ्न नेपाल तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

सुगौली सन्धी लगायत नेपाल भारत सम्बन्धका विभिन्न पाटामा सर्वसम्मत प्रतिवेदन तयार भएपनि प्रतिवेदन बुझिलिन भारतले समय नदिएपछि उक्त प्रतिवेदन थन्किएको छ।

विज्ञप्तिमा दुई महत्त्वपूर्ण कूटनीतिक नोटबारे पनि उल्लेख छ।

पहिलो, सन् २०१५ मा चीन र भारतले लिपुलेकमार्फत् दुईदेशीय व्यापार गर्ने सहमति गरेपछि त्यसमा आफ्नो सहमति नभएको भन्दै दुवै देशलाई कूटनीतिक नोट पठाइएको उल्लेख गरिएको छ।

दोस्रो भारतले गत वर्ष जारी गरेको नयाँ राजनीतिक नक्शामा मतभेद प्रकट गर्दै लिपुलेक नेपालको भएको भन्नेबारे भारतलाई कूटनीतिक नोट पठाइएको भन्नेबारे उल्लेख गरिएको छ।

भारतको उक्त कदम दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका आधारमा सल्टाइने विषयमा भएको समझदारीको विरुद्धमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले भारतलाई नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि अघि नबढाउन समेत आग्रह गरेको छ।



Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter