कपिलवस्तु र रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल १३४; स्वाब परीक्षण बढाइयो, २४ घण्टामा २८ सयको जाँच

काठमाडौं, वैशाख २९ गते । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा ६ जना कपिलबस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि भएकामा कपिलबस्तु यशोधारा गाउँपालिका ८ र बुद्दमूमि नगरपालिका ७ निवासी १५,१९,२३, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् त्यस्तै रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी र्संस्कृतिक गाउँपालिका ६ निवासी २४,२६,२७, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् । त्यस्तै अर्को बर्दिया राजपुर ५ निवासी ११ वर्षीया महिलामा संक्रमण देखिएको छ । उहाँहरुको टेकु स्थित राष्ट्रिय प्रयोगशालमा स्वाबको परीक्षण गरिएको र उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ । उहाँहरू चिकित्सककाे सम्पर्कमा हुनुहुन्छ ।

स्वाब परीक्षण बढाइयो, २४ घण्टामा २८ सयको जाँच

कोरोनाको आशङ्कामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको नमूना परीक्षण गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म पिसिआर र आरडिटी गरी ७६ हजार ३ सय ५५ जनाको कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १७ हजार ८ सय जनाको पिसिआर र ५८ हजार ५ सय ४६ जनाको आरडिटीबाट परीक्षण भएको जानकारी दिनुभयो ।

हालसम्म नेपालमा १२१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेका छन् । दुईजना आइतबार साँझ डिस्चार्ज भएका हुन् । देवकोटाले कोरोनाको आशङ्कामा काठमाडौँ उपत्यकामा एक र बाहिर एक सय ५२ गरी १५३ जना अस्पतालको आइसोलेसनमा रहेको बताउनुभयो । उहाँले १२ हजार ७०१ जना क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।

उहाँले सबैभन्दा धेरै सङ्क्रमित प्रदेश नम्बर ५ मा देखिएको देखिएको बताउनुभयो । त्यहाँ ४० जना सङ्क्रमित छन् । यस्तै प्रदेश नम्बर १ मा ३५,प्रदेश नम्बर २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र सुदुरपश्चिममा ५ जनालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । वीरगञ्जमा २८, विराटनगरमा १९, रुपन्देहीमा १६, नेपालगञ्जमा २४ र भरतपुरमा १ गरी ८८ जना सामान्य अवस्थामा उपचाररत हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter