२४ घन्टामा २ हजार २३६ नयाँ नमूना परीक्षण, १९१ जना संक्रमित; रेडजोनमा ३४५ जना

काठमाडौं : गत २४ घन्टामा २ हजार २३६ नयाँ परीक्षण भएका छन् भने रेडजोनमा पर्नेको संख्या ३४५ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा डा.विकास देवकोटाले नमूना परीक्षण र रेडजोनमा पर्नेको संख्या पुष्टि गरेका हुन्।

उनका अनुसार नेपालमा हालसम्म ७८ हजार ५९१ वटा कोरोनाका नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआर १८ हजार ९६४ र आरडीटी ५९ हजार ६२७ परीक्षण भएका छन्।

सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ८ हजार ०६३, प्रदेश २ मा ५ हजार ९३५, बागमती प्रदेशमा ९ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४ प्रदेश ५ मा ७ हजार २२१ र कर्णाली प्रदेशमा ७ हजार ७६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ गरी ५९ हजार ६२७ आरडीटी परीक्षण पुगेको छ।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार ७८५ जना पुगेको छ। जसमध्ये प्रदेश १ मा ९७४ प्रदेश २ म१ हजार ५३४, बागमतीमा ९०, गण्डकीमा 292 प्रदेशमा ५ मा ५ हजार ४४२ कर्णालीमा १ हजार ६९९ सुदूरपश्चिम प्रदेशमा २हजार ७५४ पुगेको छ।

आइसोलेसनमा २२८ छन् । जसमध्ये काठमाडौंमा १ र उपत्यका बाहिर २२७ जना छन्। प्रदेश विवरणअनुसार प्रदेश १ मा २५ जना आइसोलेसनमा छन्।जसमध्ये १९ जना कन्फर्म केस र ६ जना संकास्पद छन्। प्रदेश २ मा ८० जना छन्।जसमध्ये शंकास्पद १२ र पुष्टि भएका ६८ जना छन्। बागमती प्रदेशमा २५ जनामा शंकास्पद २४ जना र कन्फर्म एकजना छन्। यस्तै प्रदेश ५ मा ५८ जनामा पुष्टि भएका ७० र संकास्पद २८ जना छन्।

यसरी आइसोलेसनमा १५८ केस पुष्टि भएका छन् भने ७० जना संभावित संक्रमित छन्। आइसोलेसनमा जम्मा २२८ जना रहेका छन्। यस्तै रेडजोनमा ३४५ जना छन्।

यस्तै मंगलबार एकै दिन ५७ जनामा कोरोना पोजिटिभ देखिएको छ। जसमध्ये कपिलवस्तुमा ८, रुपन्देहीमा ९ पर्सामा ३९ जना र बारामा १ जना गरी ५७ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमितलाई मंगलबार अस्पताल भर्ना गरिने तयारी भइरहेको छ।

नेपालमा कोरोना संक्रमित हुनेमा महिलाभन्दा पुरुष बढी छन्। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये ३३ जना निको भएका छन्। बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

अन्तरजिल्ला पास खारेज, काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने

एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ ।

यस्तै, कुनै जिल्लाबाट काठमाडौँ कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृती लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो । यस्तै अर्काे जिल्लामा जानका लागि पास दिँदा सम्बन्धित जिल्लाकाे प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर मात्र पास दिनु पर्नेछ ।

गृह मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै बिहीबारदेखि लागू हुने गरी यस्ताे निर्णय भएको हो । यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ ।

सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएकाे पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter