‘तत्काल वार्ता चाहेका छौँ’: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, वैशाख ३० गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर तत्काल वार्ता अघि बढाउन चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हामी वार्ताको प्रयासमा छौँ । सुगौली सन्धिले निर्दिष्ट गरेको हाम्रो सीमा पूर्वमा मेची र पश्चिममा महाकाली हो । अहिले हामीलाई त्यसभित्रको अखण्ड नेपाल चाहिएको हो । इतिहासले सबै ठीक गरिदिएको भए अहिले छलफल गर्नुपर्ने थिएन । यो विषयमा भोलि फुर्सदमा गरौँला भन्ने पक्षमा सरकार छैन ।’’ नोभेम्बर यता वार्ताका लागि पटकपटक प्रयास भइरहेको पनि उहाँले समितिमा जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter