आर्थिक क्षेत्रलाई चलायमान गराउनु पर्छः अर्थमन्त्री

नारायण काफ्ले / काठमाडौँ, वैशाख ३१ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण सिर्जना भएको समस्या र अन्य आर्थिक क्रियाकलापलाई पनि प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तर्जुमा हुने बताउनुभएको छ । प्रतिनिधिसभामा प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले संविधानद्वारा निर्देशित सिद्धान्तकै आधारमा बजेट ल्याइने स्पष्ट पार्नुभयो ।

उहाँले आर्थिक क्षेत्रलाई चलयामान बनाउने गरी बजेट ल्याउने प्रतिवद्धता पनि सदनमा व्यक्त गर्नुभयो । जवाफका क्रममा मन्त्री खतिवडाले भन्नुभयो, ‘‘रोग र भोकसँग लडेका नागरिकलाई सम्बोधन गर्न केही आर्थिक क्षेत्रलाई चलयमान गराउनु पर्छ । हेर्दा परम्परागत भनिए पनि रोजगारीको क्षेत्रमा रकम नबढाए हामी माग सम्बोधन गर्न सक्दैनौँ । यी आर्थिक क्रियाकलाप अहिले किन आए, कोरोनाबाहेक अन्य कुरा किन? भन्ने कुरा अतिशयोक्ति हुन्छ । न्यूनतम आर्थिक क्रियाकलाप सुचारु राखेनौँ भने रोगबाट बचिएला तर भोकबाट अघि बढ्न सकिन्न ।’’

उहाँले सांसदहरुका सुझावलाई सकेसम्म बजेटमा समेट्ने बताउनुभयो । वैदेशिक रोजगारीमा रहेका सबैलाई तत्काल फर्काउने कुरामा थप छलफलको आवश्यकता पर्ने उहाँको भनाई छ । भावना एक ठाउँमा हुने भए पनि कठिनाइलाई सँगै राखेर हेर्नुपर्ने उहाँको भनाई छ । जीवन रक्षाको कुरा गरिरहँदा आवातजावात र सीमा व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री खतिवडाको भनाई छ । विदेशमा रहेका नागरिकलाई भौकै बस्न नपर्ने गरि परराष्ट्र मन्त्रालय क्रियाशील रहेको उहाँको भनाई छ । हाललाई धेरै आवातजावातको पक्षमा सरकार नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त भएको स्वीकार गर्दै उहाँले आत्मसमीक्षाको खाँचो रहेको बताउनुभयो । उहाँले डिपिआर नभएका तथा आवश्यक तयारी नभएका योजनालाई गौरवका योजना बनाउँदा पनि समस्या भएको बताउनुभयो ।

अब बजेट पूर्ण नै आउने अर्थमन्त्री खतिवडाको भनाई छ । थप कुनै परिस्थिति आएमा पुरक बजेट आउन सक्ने भए पनि आर्थिक वर्षको सुरुको बजेट अर्ध बजेट नहुने उहाँले बताउनुभयो । यही बजेटका बीचमा निश्चितता खोजिने उहाँको भनाई छ । कांग्रेस सांसदहरुले संक्षिप्त बजेटको सुझाव दिनुभएको थियो ।

खतिवडाले सामाजिक न्यायका आधारमा समाजवादको पक्षमा राज्य रहेको पनि बताउनुभयो । लोकतन्त्रको मर्म सुशासन भएकाले सो विषय नझस्किन पनि उहाँको भनाई छ । बजेटको सिद्धान्त र प्राथमिकता परम्परागत भयो भन्नुलाई टिप्पणी पनि परम्परागत भएको उहाँको जवाफ छ ।

उहाँले स्थानीय पूर्वाधार कार्यक्रमबारे संसदको निर्देशन अनुसार चल्न आफू तयार रहेको बताउनुभयो । जवाफका क्रममा भन्नुभयो, ‘‘पूर्वाधार कार्यक्रमबारे हामी बाँडिएका छौँ । संसदको एकमत धारणा आओस् र सरकारलाई त्यस विषयमा निर्देशन आओस् । सरकारले यसलाई पालना गर्छ ।’’

उहाँले संविधानको सीमा र निर्देशित सिद्धान्तकै आधारमा बजेट ल्याइने पनि स्पष्ट पानुभयो । खतिवडाले भन्नुभयो, ‘‘निजी क्षेत्रलाई कुन–कुन आर्थिक प्रणालीमा सहभागी गराउने र राज्यले कुन–कुन क्षेत्रमा अघि बढ्ने भन्ने जस्ता कुरा छन् । शिक्षा, स्वास्थ्य, खानेपानी जस्तो क्षेत्र होला त्यस्ता आधारभूत क्षेत्रमा राज्यको भूमिका बढाउँदै जाने र निजी क्षेत्रलाई व्यवसायिक जगतमा भूमिका प्रस्फुृटित हुने मौका दिनुपर्छ । अहिलेको संविधानको सीमा त्यही हो । संविधानले भनेका राज्यका निर्देशित सिद्धान्तकै आधारमा बजेछ अघि बढ्छ ।’’

जवाफअघि छलफलमा सांसद मनकुमारी जिसीले कोरोना महामारीका बेलामा निजी अस्पताल सही रुपमा परिचालन भएको भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो । कृषि, पर्यटन क्षेत्रमा सरकारले प्राथमिकतामा राख्नुपर्ने जिसीको भनाई छ ।

कांग्रेस सांसद सीतादेवी यादवले कारोना न्यूनीकरण संक्रमण रोकथामका लागि केन्द्रित हुन सरकारको ध्यानाकर्षण गनुभयो । यादवले बजेटमा कोरोना प्रकोपको जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । शान्ति प्रक्रियाका बाँकी पूरा गर्ने र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) का लक्ष्मणलाल कर्णले प्रदेश नम्बर २ लाई प्राथमिकतामा राख्न माग गर्नुभयो । कोरोनको समेत प्रदेश २ मा प्रभाव बढिरहेकाले छुट्टै प्याकेजको माग कर्णको छ । आर्थिक तथा स्वास्थ्यसम्बन्धी प्याकेज ल्याइनुपर्ने उहाँको माग छ ।

समाजवादी पार्टीका सांसद विमल श्रीवास्तवले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने माग गर्नुभयो । यस्तै, कृषि उपजको बजारीकरणमा ध्यान दिनुपर्ने श्रीवास्तवको भनाई छ । कृषकमा उत्पादन बजारमा पु¥याउने सुनिश्चितताको व्यवस्था गर्न उहाँको सुझाव छ ।

सांसद रामकुमारी चौधरीले कोरोना जाँचको अवस्था निकै सुस्त भएको भन्दै गति बढाउन सुझाव दिनुभयो । चौधरीले स्थानीय पूर्वाधार विकास कोष कार्यक्रम रद्द गरेर कोरोना कोषका रुपमा विकास गर्न सुझाव दिनुभयो । उहाँले निजी अस्पताललाई सरकारले राष्ट्रियकरण गर्न सुझाव दिनुभयो ।

सांसद पदम गिरीले गेम चेन्जर परियोजनालाई बजेट आउनुपर्छ । सार्वजनिक खरिद पुनरावलोनको प्रतिवेदन अब सरकारले कार्यान्वयन गर्नुपर्ने गिरीको सुझाव छ । उहाँले कोरोनाबाट प्रभावित भनेका व्यवसायीलाई राहत कार्यक्रम ल्याइनुपर्ने सुझाव पनि दिनुभयो । सांसद भैरवबहादुर सिंहले कोरोना जोखिम न्यूनीकरणका लागि बजेट केन्द्रित गर्न सुझाव दिनुभयो । यस्तै, कृषि क्षेत्रलाई प्राथमिकता दिन पनि सुझाव दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter