थप २४ जनामा कोरोना सङ्क्रमण, कुल २४३ पुग्यो; कोरोना परीक्षण गर्न स्वास्थ्य सामग्री पर्याप्त छः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, वैशाख ३१ गते । पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजिटिभ पाइएको छ ।

योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । थप काेराेना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका १ पुरूष छन् ।

कोरोना परीक्षण गर्न स्वास्थ्य सामग्री पर्याप्त छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि परीक्षण गर्ने स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भएको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायर बढाइएको र परीक्षण गर्ने स्वास्थ्य सामग्री पयाप्त मात्रामा रहेको जानकारी दिनुभएको हो । “कुनै व्यक्तिलाई कोरोना भाइरसको लक्षण देखिएमा वा शङ्का लागेको तुरुन्त परीक्षणका लागि सम्पर्क गर्नुहोला”, उहाँले भन्नुभयो, “थप सजकता साथ निडर र सजक भएर काम गरौँ ।”

सरकारले कोरोना भाइरस रोकथाम परीक्षण प्रणालीलाई विस्तार गरेको छ । हालसम्म पिसिआर परीक्षण २१ हजार ३४० र आरडिटी ६० हजार ३१९ व्यक्तिमा गर्न सफल भएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर दुई हजार ३५७ र आरडिटी ६९२ को परीक्षण सम्पन्न गरेको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा २४५ छन् भने ३५४ जना रेड जोनमा छन् । कोरोनाको सम्भावित जोखिममा १५८ छन् । आजै बाँकेमा ३६ वर्षे पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुष पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter