काठमाडौँ, धनुषा र धादिङमा तीन नयाँ सङ्क्रमित थपिए, कुल २४९; पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतकाे आदेश

काठमाडौँ, जेठ १ गते । कोभिड–१९ का तीन नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका नयाँ तीन सङ्क्रमित धनुषा, धादिङ र काठमाडौँ दहचोकका रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक, धनुषाको जनकपुरधामका १७ वर्षीया महिला र धादिङ निबासी ३० वर्षीया महिला रहेको जानकारी दिनुभएको छ । तीनैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको हो । तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

तीनजना नयाँ सङ्क्रमित थपिएसँगै कोभिड–१९ का बिरामीको सङ्ख्या २४९ पुगेको छ ।

पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतकाे आदेश

सर्वोच्च अदालतले पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । कोभिड– १९ महामारी नियन्त्रण गरी आमनागरिकको जीवन रक्षा गर्न तत्कालै परीक्षणको दायरा बढाउनुपर्ने अदालतको आदेश छ ।

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ भएको थियो । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पिसिआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन निर्देशन दिएको हो । अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter