• Monday, April 14, 2025

काठमाडौं र वीरगन्‍जका तीन बालकसहित थप नाैजनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई सय ६७ पुग्यो

काठमाडाैँ, जेठ २ गते । काठमाडौं र वीरगन्‍जका तीन बालकसहित थप नाैजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ पर्सा वीरगन्जका नाै र १० वर्षका बालक तथा २३ र ४७ वर्षका महिला, काठमाडौं सतुंगलका सात वर्षका बालक, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङको गढवा र तुलसीपुरका २३, ३६, ३४ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको दुई सय ६७ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter