• Monday, April 21, 2025

थप ५३ जनामा काेराेना सङ्क्रमण, कुल सङ्क्रमित सङ्ख्या ३५७ पुग्याे

काठमाडौँ, जेठ ५ गते । कोरोनाभाइरस (कोभिड–१९) काे पछिल्लाे परीक्षणअनुसार थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ ।

योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार बाँके जिल्लामा ४६, धुलिखेलमा चार, मोरङ र भैरहवामा एक/एक एकजनालाई सङ्क्रमण भएको हो ।

बाँकेमा ४६ पुरुष र एक महिला, भैरहवामा परीक्षण गरिएकोमा गुल्मीका ४१ वर्षीय पुरुष र धुलिखेल अस्पतालमा परीक्षण गरिएकोमा धनुषा, रौतहट, दाङ र धादिङका एक/एक जना रहेका छन् ।

सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेकाे प्रवक्ता देवकाेटाले बताउनुभएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter