थप २७ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

काठमाडौँ, जेठ ६ गते । नेपालमा कोरोना भाइरसबाट थप २७ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो । थप २७ संक्रमितमा २४ पुरुष र ३ महिलालाई संक्रमित भएको छ ।

काठमाडौँमा थप तीन, भक्तपुर एक र ललितपुरमा पहिलो पटक एकजनालाई सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, सुनसरी १, रामेछाप १, मकवानपुर १ , सिन्धुली १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित भएका छन् । अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै २० हजार २३६ वटा आरडीटी र एक हजार १९ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter