नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौँ, जेठ ६ गते । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।

नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो । यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले पनि प्रस्ताव फिर्ता नलिएपछि बुहमतबाट अस्वीकृत भएको थियो । कांग्रेसका तर्फबाट रिजालले संशोधन दर्ता गर्नुभएको थियो ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले नीति तथा संशोधनमा राख्नुभएको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो । संशोधनकर्ता गिरी बैठक अनुपस्थित हुनुहुन्थ्यो । गिरी अनुपस्थित भए पनि प्रक्रियामा लगिएको हो ।

यस्तै, बैठकले केही नेपाल ऐनका साविकका व्यवस्था जगाउने अध्यादेश सर्वसम्मत स्वीकृत गरेको छ । यसअघि सरकारले जारी गरेका दुई अध्यादेश खारेज भए पनि साविकको व्यवस्था जगाइएको थिएन । उक्त व्यवस्था जगाउन सरकारले नयाँ अध्यादेश वैशाख १२ गतेको मितिमा जारी गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter