थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो; कोरोना परीक्षण शुल्क तोकिसकेको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, जेठ ७ गते । कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो ।

अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेका छन् । आज सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण भएको छ ।

कोरोना परीक्षण शुल्क तोकिसकेको छैनः स्वास्थ्य मन्त्रालय

निजी स्वास्थ्य संस्थार्माफत कोभिड १९ को परीक्षण शुल्कबारे चलिरहेको हल्ला गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको सशुल्क परीक्षणको हालसम्म दररेट तोकिनसकेको मन्त्रालयका सूचना तथा सञ्चार संयाेजक डा. गुणराज लोहनीले एक विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ ।

विभिन्न अनलाइन मिडियाहरुले निजी संस्थाबाट परीक्षण गराउन १५ हजार रुपियाँ शुल्क तोकिएको भनी समाचार सम्प्रेषण गरेको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेको प्रतिक्रियाहरूप्रति मन्त्रालयको ध्यानाकर्षण भएको डा. लोहनीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक अस्पतालहरूमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरूकाे अनुरोधमा नै मन्त्रालयले सशुल्क परीक्षणको व्यवस्था गर्न लागेको उहाँले स्पष्ट पार्नुभएको छ ।

सशुल्क परीक्षण गर्ने संस्थाहरूले परीक्षणका लागि तोकिएको सम्पूर्ण मापदण्ड पुर्याएकाे हुनुपर्ने जनाउँदै उहाँले यस प्रकारको परीक्षणको दररेट मन्त्रालयले तोकिदिने भएतापनि हालसम्म कुनै दररेट तोकी नसकेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

परीक्षणको दायरा बढाउन गरिएको यस्तो व्यवस्थाका लागि के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको उहाँले बताउनुभएको छ । यस्तो अवस्थामा यसबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानुबमोजिम कारबाही गरिने मन्त्रालयले सूचित गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा जेठ ६ गतेको बैठकले स्वेच्छाले परीक्षण गर्न चाहने स्वदेशी र विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्तमा तोकिएको दररेटमा सशुल्क परीक्षण उपलब्ध गराउने भनी निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter