नेपालमा कोरोनाबाट संक्रमित संख्या ४५३; ४९ जना निको भए

काठमाडौँ, जेठ ८ गते । नेपालमा कोरोना भाइरस संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक युवकको मृत्यु भएको थियो ।

उनका अनुसार पछिल्लोपटक नौजना संक्रमित थपिएका छन् । झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीबार बिहान झापाका १८ देखि ४६ वर्षका १५ जना पुरुष, धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरीकी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या चार सय ५३ पुगेको छ ।

४९ जना निको भए

टेकुमा उपचाररत चारजना कोरोना संक्रमित बिहीबार निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला तथा २७ र ३७ वर्षीय पुरुष नवाैँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्किने संक्रमितको संख्या ४९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट मात्रै तीन हजार चार सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट ३८ हजार सात सय ३६ जनाको नमुना परीक्षण गरिएको देवकोटाले जानकारी दिए । आरडिटी विधिबाट भने ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter