थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, कुल ५८४ पुग्यो

काठमाडौं, जेठ १० गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५८४ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

अहिलेसम्म ८६ हजारको आरडिटी र ४६ हजारको पिसिआर परीक्षण

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ र आरडिटी विधिबाट चार हजार ११९ परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा छ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश नं ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ जनाको आरडिटी परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५८७ छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४६१, प्रदेश नं २ मा छ हजार ९१०, वाग्मती प्रदेशमा ५३५, गण्डकी प्रदेशमा ७७९, प्रदेश नं ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा एक हजार ६७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १०२ रहेका छन् ।

आइसोलेशनमा रहेकाको सङ्ख्या ५०८ रहेको छ । प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा २४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ७० रहेको छ ।

पछिल्लो २४ घण्टामा ७०८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७०८ जनाले आफ्नो विवरण भरेका छन् । सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् । रेड जोनमा परेकाको जाँच पड्ताल शुरु गरिसकिएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार ९६९ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter