नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६८२ पुग्यो, ४ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

योसँगै नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

थप ४३ जनाले जिते कोरोना

नेपालमा कोरोनाको सङ्क्रमण बढ्दो छ । सोही रफ्तारमा निको हुनेको सङ्ख्या समेत निरन्तर बढ्दो छ । सोमबार कपिलवस्तुबाट ११ जना डिस्चार्ज भएका थिए ।

सोमबार नै वीरगञ्जस्थित नारायणी अस्पतालबाट ४३ जना सङ्क्रमित निको भएका छन् । दुई पत्रकार सहित कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

लगातार दुई रिपोर्ट नेगेटिभ आए पछि उनिहरु डिस्चार्ज भएका हुन् । यससङ्गै अब नारायणी अस्पतालको आइसोलेसन खाली भएको छ ।

पर्साकै गण्डक कोभिड अस्पतालमा २७ जना संक्रमित उपचार गराइरहेका छन् । यहाँ आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । अब नेपालमा कोरोनालाइ जित्ने बिरामी १५० नाघेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter