एडीबीद्वारा कोभिड-१९सँग जुध्न नेपाललाई ३० अर्बको ऋण स्वीकृत

काठमाडौँ, जेठ १३ गते । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो ।

सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम खर्च हुने एडीबीले जानकारी गराएको छ ।

एसियाली विकास बैंकका अध्यक्ष मसास्टुगु असकावाले प्रतिकुल अवस्थामा बैंक नेपालको साथमा रहेको उल्लेख गर्दै यो सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने उल्लेख गरे ।

साथै, गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम बिस्तार गर्न र तीब्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने उनले उल्लेख गरेका छन् । कोभिड १९ को महामारीले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको छ । यसले नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ ।

एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । यसअघि एडीबीले कोभिडसँग जुध्न १३ अपि्रलमा २० अर्ब डलरको सहायता घोषणा गरेको थियो ।

‘कोभिड १९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सीएआरइएस) कार्यक्रम अन्तर्गत नेपालले समेत २५ करोड डलर ऋण सहायता पाएको हो । यो कार्यक्रमबाट नेपाल सरकारले सात वटै प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टाइन निर्माण गर्न र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले उल्लेख गरेको छ ।

गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान गर्न तथा सामाजिक सुरक्षाका कार्यक्रम संचालनमा समेत सरकारले यो सहायता प्रयोग गर्न सक्ने भएको छ ।

एडीबीले यसअघि यूनिसेफका माध्यमबाट समेत नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । सरकारले यो रकम स्वास्थ्य उपकरण खरीदमा खर्च गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter