• Monday, April 14, 2025

पछिल्लो परीक्षणमा थप १५६ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल १०४२ पुग्यो

काठमाडौँ, जेठ १५ गते । पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०४२ पुगेको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो । संक्रमित मध्य ९४० पुरूष र १०२ महिला रहेका छन् ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप भएका संक्रमितमा सप्तरीका १४, झापाका २५, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, रौतहटका २०, सर्लाहीका सात, सिराहाका ६, दोलखाका दुई, सोलुखुम्बुका दुई, बझाङका एक, स्याङ्जाका तीन, दार्चुलाका एक, कैलालीका दुई, मकवानपुरका एक, बर्दियाका तीन र बाँकेका एक, सुर्खेतका १३ र दैलेखका आठजना रहेको देवकोटाले जानकारी दिए । याेसँगै संक्रमित हुने जिल्लाकाे संख्या ५१ पुगेकाे छ ।

देवकोटाका अनुसार हालसम्म प्रदेश १ मा एक सय २९, प्रदेश २ मा चार सय १५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा तीन सय ६९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित भएको बताए ।

त्यसैगरी एक सय ८७ जना भने निकाे भएर घर फर्केकाे मन्त्रालयले जनाएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter