• Friday, April 11, 2025

थप १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२; संक्रमण मुक्त हुनेको संख्या २०६

काठमाडौँ, जेठ १६ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । मृतक संख्या ६ पुगेको छ । भारतबाट जेठ १० गते नेपाल आउनुभएका मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुष हुन् । जेठ ११ गते उहाँको स्वाब संकलन गरेकोमा आज मृत्यु पर्यन्त कोरोना पोजेटिभ आएको हो ।

१९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter