• Friday, April 11, 2025

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

दीपक श्रेष्ठ / काठमाडौँ, जेठ १६ गते । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्ने, स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ (कोरोना बाहेक) रहेकालाई प्राथमिकीकरण गरेर सरकारले ल्याउन लागेको हो ।

मन्त्रिपरिषद्को बैठकले यसअघि नै विदेशमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा फिर्ता ल्याउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार, तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो । सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेश गएकाले पनि सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाएर पर्नेछ ।

स्वदेश फर्कन चाहनेहरूको सम्पूर्ण विवरण प्राप्त भएपछि नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट नागरिकको उद्धार गरिने जनाइएको छ । उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव विडारीका अनुसार, नेपाल फर्कन चाहने नागरिकको विवरण पहिचान गरी परराष्ट्र मन्त्रालयले विवरण तयार पार्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको सम्पूर्ण व्यवस्था गर्नेछ । यस्तै, भारतबाट आफ्ना नागरिक ल्याउनसमेत समितिले निश्चित नाकाहरू तोकेको छ । सचिव विडारीका अनुसार, पशुपतिनगर, काँकडभित्ता, रानी, ठाडी, माडर, मलङ्गवा, गौर, विरगञ्ज, सुनौली, महेशपुर, बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलाका नाकाहरू तोेकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter