थप १८९ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १४०१ पुग्यो, कपिलवस्तुमा मात्रै ११४

काठमाडौँ, जेठ १७ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् ।

आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई सङ्क्रमित पुगेको छ । सङ्क्रमित जिल्ला ५३ पुगेको छ ।

त्यसैगरी, थप १३ जना डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुने २१९ पुगेको छ ।

प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना सङ्क्रमित भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter