• Friday, April 11, 2025

चीनबाट आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडौँ, जेठ १७ गते । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट खरिद गरिएको करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले स्वास्थ्य सामग्री ल्याएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान भएको जनाकारी दिनुभयो । उहाँले बाँकी सामग्री एक दुई दिन बिराएर स्थलमार्गबाट ढुवानी गर्ने जानकारी दिनुभयो ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ‘जीटुजी’ प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि करिब दुई अर्ब रुपियाँ बराबरको ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्न सेनाले वैशाखको पहिलो साता चीन सरकारको स्वामित्वमा रहेको सिनो फर्मासँग सम्झौता गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter