थप एक हजार ६९ जना सङ्क्रमितसहित ४० हजार ५२९ पुग्याे; काठमाडौँ उपत्यकामा कोरोनाका ४८१ सङ्क्रमित थपिए

काठमाडौँ, भदौ १६ गते । नेपालमा एक हजार ६९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३४४ महिलासहित एक हजार ६९ जना कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । सकृय सङ्क्रमितहरू १८ हजार ११२ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ८३२ र हाेम आइसाेलेसनमा सात हजार २८० छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४० हजार पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २२ हजार १७८ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३९० रहेका छन् ।

काठमाडौँ उपत्यकामा कोरोनाका ४८१ सङ्क्रमित थपिए

काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ४८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाका तीन जिल्लामा ४८१ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी ४८१ जना थपिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो पछिल्लो चौबीस घण्टामा निको हुने अहिलेसम्मकै सबैभन्दा बढी हो । पछिल्लो चौबीस घण्टामा १२ हजार ८८ जना पीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter