पेट्रोलको प्रतिलिटर दुई रुपियाँ वृद्धि, एक लिटरकाे १०७ रुपियाँ

काठमाडौँ, भदौं १६ गते । नेपाल आयल निगमले पेट्रोलको मूल्यवृद्धि गरेको छ । मङ्गलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०७ रुपियाँ पुगेको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन र एल.पी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीचको स्वचालित मूल्यसूची अनुसार मङ्गलबार प्राप्त खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् पनि नेपाल भारतय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपियाँ र डिजेल प्रतिलिटर ३६ रुपियाँ नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणाली अनुसार हरेक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter