वडास्तरका स्रोत साधन, क्षमता र पूर्वाधारबारे विवरण लिइने

शान्ति लामा / काठमाडौँ, भदौ १६ गते । नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को प्रश्नावली राजपत्रमा प्रकाशित गरिएको छ । राष्ट्रिय जनगणनामा प्रयोग हुने प्रश्नावलीको विषयवस्तु आमनागरिक तथा सरोकारवाला निकायको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको केन्द्रीय तथ्याङ्क विभागका जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण तथा मुख्य प्रश्नावली प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको थियो ।

त्यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणका लागि सामुदायिक प्रश्नावली असार ४ गते नै स्वीकृत गरिसकेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो प्रश्नावली सुपरीवेक्षकद्वारा ‘घर तथा घरपरिवार सूचीकरण’मार्फत घर तथा घरपरिवारमै पुगी सोधिनेछ । घरको प्रयोग सहित सङ्ख्या, घरको तला, परिवारको बैङ्क खाता र ऋणमा पहुँच, सरकारी अनुदानमा बनेका घर, व्यावसायिक तथा प्राविधक शिक्षा वा तालिम, परिवारमा अक्सर बसोबास गरेक परिवारका सदस्य (महिला, पुरुष र अन्य लिङ्गी) को सङ्ख्या र परिवारका कृषिसम्बन्धी विवरणहरू सङ्कलन गरिनेछ । घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ गतेदेखि जेखि १४ गतेसम्म गर्ने तयारी विभागको छ ।

दोस्रो प्रश्नावली गणकहरूद्वारा घरपरिवारमा पुगी ‘मुख्य प्रश्नावली’मार्फत गरिनेछ । जसमा पारिवारिक विवरण तथा व्यक्तिगत विवरणहरु सङ्कलन गरिने निर्देशक लामछिानेले बताउनुभयो । घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तीको स्रोत, खाना पकाउने इन्धन, मृत्युसम्बन्धी, परिवारमा अनुपस्थित विदेश गएका, महिलाको नाममा घरजग्गा तथा साना घरेलु व्यवसाय तथा अन्य घरायसी साधन र सुविधासम्बन्धी प्रश्नहरू यसमा समावेश छन् । व्यक्तिगत विवरणबाट घरपरिवारका सदस्य तथा व्यक्तिको लिङ्ग, उमेर, जातजाति, भाषा धर्म, वैवाहिक स्थिति, बालबालिका, अपाङ्गता, बसाइसराइ, शिक्षा, महिलाको प्रजनन, आर्थिक क्रियाकलापलगायत विवरणहरु सङ्कलन गरिनेछ । यो मुख्य प्रश्नावली वि. सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुनेछ ।

तेस्रो प्रश्नावली सुपरीवेक्षकले भर्नेछन्, जसलाई ‘सामुदायिक प्रश्नावली’ नाम दिइएको छ । यो प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट वडास्तरको आधारभूत स्रोतसाधन, क्षमता र पूर्वाधारसम्बन्धी विवरणहरू सङ्कलन गर्न प्रयोग गरिने विभागले जनाएको छ । यो प्रश्नावली गणकले मुख्य प्रश्नावलीका विवरण सङ्कलन गरिरहेकै बेला सुपरीवेक्षकले वडा कार्यालयहरूबाट सङ्कलन गर्ने विभागका निर्देशक लामिछानेले बताउनुभयो ।

प्रश्नावलीलाई अन्तिम रुप दिनुअघि विभागले गत असार १ गतेदेखि १५ गतेसम्म नमुना (पाइलट) जनगणनासमेत गरेको थियो । त्यस्तै विभिन्न क्षेत्रका विज्ञ तथा निकायहरूसँग छलफलसमेत गरिएको निर्देशक लामिछानेले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter