थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे; काठमाडौँ उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, भदौ १८ गते । नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४२ हजार पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएकाे थियाे ।

सकृय सङ्क्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ६७१ रहेका छन् । हाेम आइसाेलेसनमा सातहजार ७४२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २४ हजार २०७ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७४९ रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए

काठमाडाैँ उपत्यकामा कोभिड–१९ का ४४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैँ उपत्यकाको तीन जिल्लामध्ये काठमाडाैँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter