गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे प्रस्ताव तयार गरिने

काठमाडाैँ, भदाै १८ गते । नेकपा सचिवालयकाे बैठकमा नेता बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएकाे छ । साे कुराकाे जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयाे । बैठकमा प्रधानमन्त्रीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट राष्ट्रपति समक्ष गाैतमकाे नाम सिफारिस गर्ने जानकारी गराउनुभएकाे श्रेष्ठले पत्रकारहरूलाई बताउनुभयाे ।

यसैबीच राससका अनुसार सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाईसमेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।

यसअघि सिफारिशसहित नियुक्त हुनु भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र बिमला राई पौडेल हुनुहुन्छ । त्यसमध्ये डा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

साथै हाम्रा समाचारदाताका अनुसार बैठकमा देशमा काेराेनाकाे सङ्कटबारे छलफल तथा बाढी पहिराेमा भएकाे धनजनकाे क्षतिप्रति दुख व्यक्त गरिएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे । त्यस्तै, बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । समयमै प्रतिवेदन पेश गरेकोमा बैठकले कार्यदलका सदस्यहरूलाई धन्यवाद समेत व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यदलले भदौ ६ गते प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । पार्टी र सरकारको सन्दर्भमा अध्यक्षद्वयले आवश्यक प्रस्तावका लागि गृहकार्य गर्नुहुने र उपयुक्त समयमा स्थायी कमिटीको बैठकमा राख्नुहुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकको सुझाव र सल्लाहलाई ध्यान दिई प्रस्तावलाई अन्तिम मस्यौदाको रुप दिई सचिवालयमा पुनः प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

सचिवालयबाट अनुमोदित प्रस्ताव पुनः स्थायी कमिटी बैठकमा छलफल भई पारित हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्षाका कारण देशमा आएको बाढी पहिरोले पुर्याएको जनधनको क्षतिबारेमा बैठकलाई जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । राहत, उद्धार र पुनर्स्थापनाको कामलाई छिटोछरितो बनाउन बैठकले सरकारसँग आग्रह गर्दै सिङ्गो पार्टी पङ्तिलाई उद्धार तथा पुनर्स्थापनामा जुट्न आग्रह गरेको छ ।

बाढी पहिरोका कारण ज्यान गुमाउनेप्रति बैठकले श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । पार्टीको एकता महाधिवेशनको काम पनि सँगसँगै अगाडि बढाउने र पार्टीलाई एकताबद्ध बनाएर सरकारको काम प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सचिवालयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णुप्रसाद पौडेल, नेताहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter