थप ९८० सङ्क्रमितसहित ४६ हजार २५७ पुग्याे; काठमाडौँ उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

काठमाडौँ, भदौ २१ गते । नेपालमा कोभिड–१९ का ९८० सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल १७ हजार २७ जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १० हजार २८२ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । संस्थागत आइसाेलेसनमा नाैहजार २०१ र हाेम आइसाेलेसनमा सातहजार ८२६ रहेका छन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एकहजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६३ प्रतिशत पुगेको छ । हालसम्म २८ हजार ९४१ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।

क्वारेन्टिनमा चारहजार सातसय तीनजना सङ्क्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

काठमाडाैँ उपत्यकामा कोभिड–१९ का ३५४ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ३८२ जनाको आरटीपीसीआर परीक्षण गरिएकाृे मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भई घर फर्केका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter