कोरोनाका एक हजार २०२ सङ्क्रमित थपिए, कुल ५३ हजार १२०; काठमाडौं उपत्यकाका ४३१ मा सङ्क्रमण पुष्टि

काठमाडौं, भदौ २७ गते । नेपालमा कोरोना भाइरसका एक हजार २०२ ज्ना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप एक हजार २०१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५३ हजार १२० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ८५२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३७ हजार ५२४ पुगेको छ ।

काठमाडौं उपत्यकाका ४३१ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४३१ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ३७७ जना छन् । ललितपुरका ३७ र भक्तपुरका १७ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा सङ्क्रमित पुष्टि भएकामा १५० महिला र २२७ पुरुष, ललितपुरमा १६ महिला र २१ पुरुष तथा भक्तपुरमा पाँच जना महिला र १२ जना पुरुष सङ्क्रमित थपिएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter