बहराइनका राजपरिवारका सदस्य सहितकाे टाेली नेपाल घुम्न काठमाडौंमा

काठमाडौं, भदौ ३१ गते । बहराइनका राजपरिवार राजपरिवार का सदस्य सेख महमद हमद महमद अल खलिफा सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज नेपाल आउनु भएको छ । पूर्व निधारित समय अनुसार उहाँहरु त्रिभुवन विमानस्थलमा बिहान ११ बजे आउनु भएको हो ।

बहराइनको राजपरिवार नेपाल घुम्न लालायित थियो । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको बहराइन स्थित नेपाली राजदूतावासले बताएको छ ।

नेपालका १० उत्कृष्ट पर्यटकीय स्थलको वृतचित्र बहराइनमा प्रदर्शन गरेपछि नेपालप्रति चासो बढेको हो ।

राजकुमार नासिर सहितको टोलीले नेपालको ट्रेकिङ गर्ने कार्यक्रम रहेको छ । त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्ने कार्यक्रम रहेको छ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नुहुने छ । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसक्नुभएको नेपाली दूतावासले जनाएको छ ।

कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपरिवार र जनस्तरमा राम्रो परेको बहराइका लागि नेपाली राजदूत पदम सुन्दासले बताउनुभयो ।

नेपाल र बहराइनको दौत्य सम्बन्ध बलियो बनाउन योजनाबद्ध काम गरेको उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter