नयाँ एक हजार ५३९ जना सङ्क्रमितसहित ५८ हजार ३२७ पुग्याे

काठमाडौं, भदौ ३१ गते । नेपालमा कोरोना भाइरसका एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर दश हजार २९४ आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा आठ लाख ७२ हजार २७४ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५८ हजार ३२७ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १६ हजार २४२ छन् । पछिल्लो २४ घण्टामा एक हजार ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४१ हजार ७०६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत छ ।

आइसोलेसनमा कुल १६ हजार २४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार ८२० जना छन् ।

८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७९ पुगेको छ ।

काठमाडौं उपत्यकामा ७३७ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । काठमाडौंमा २१६ महिला र ४३६ पुरुष, ललितपुरमा २४ महिला र ३६ पुरुष र भक्तपुरमा १३ महिला र १२ पुरुष सङ्क्रमितको पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter