वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ; राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन : गौतम

काठमाडौं, अशोज १ गते । नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई बिहीबार शपथ खुवाएका हुन् ।

सपथपछि गौतमले जनताप्रति बफादार भएर काम गर्ने बताएका छन् ।

राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन : गौतम

सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रीत हुने बताए । सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,’ गौतमले भने ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए ।

राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter