कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७

काठमाडौं, असोज ३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार २०४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २०४ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६२ हजार ७९७ पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा एक हजार ४४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४५ हजार २६७ जना निको भएका छन् । हाल १७ हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

काठमाडौं उपत्यकामा ७११ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकाका ७११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७११ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा २११ महिला र ३५९ पुरुष, ललितपुरमा ३० महिला र २८ पुरुष तथा भक्तपुरमा ३७ महिला र ४६ पुरुष सङ्क्रमितको पहिचान भएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४४७ जना सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter