• Monday, April 21, 2025

थप एक हजार १५४ जना सङ्क्रमितसहित ६५ हजार २७६; काठमाडौं उपत्यकामा ६७४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, असोज ५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १५४ जना जना सङ्क्रमित थपिएका हुन् ।

देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नाैहजार ५३३ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा नाै लाख २३ हजार ८२३ वटा आरटी पीसीआर परीक्षण पुगेकाे छ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा एक हजार पाँचजना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४७ हजार २३८ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।

हाल १७ हजार ६११ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १७ हजार ६११ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४०३ जना छन् । देशभर संक्रमित भएर विरामी भएर आइसीयूमा रहेर १९६ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३१ जना छन् ।

१६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी सङ्क्रमितकाे मृत्यु भएकाे हाे । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४२७ पुगेको छ ।

राससका अनुसार कोभिड –१९को सङ्क्रमणबाट आज एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको निधन भएको जानकारी दिनुभयो । निमा तीन महिला र १३ पुरुष छन् ।

यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म निधन हुनेको सङ्ख्या ४२७ पुगेको छ । नेपालमा सङ्क्रमणबाट निधन हुने सङ्क्रमितमध्येबाट ०.७ प्रतिशत हो । मुलुकमा अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।

आज निधन हुनेमा काठमाडौ जिल्लाका ५८ र ७३ वर्षीय पुरुष, भक्तपुरका ८४ र ६२ वर्षीय पुरुष तथा ललितपुरका ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष छन् ।

यस्तै झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, मकवानपुरका १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीय पुरुष तथा बाँकेका ५० र ५९ वर्षीय पुरुष छन् ।

यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ ।

काठमाडौं उपत्यकामा ६७४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ५३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष, ललितपुरमा ३१महिला र ३१ पुरुष तथा भक्तपुरमा ३० महिला र ४४ पुरुष जना सङ्क्रमित थपिएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter