• Monday, April 21, 2025

नयाँ एक हजार ३५६ जना सङ्क्रमितसहित ६६ हजार ६३२ पुग्याे

काठमाडौं, असोज ६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् ।

देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार १५४ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा नाै लाख ३४ हजार ९७७ वटा आरटी पीसीआर परीक्षण पुगेकाे छ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा ८२३ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४८ हजार ०६१ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।

हाल १८ हजार १४२ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार १४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार १७१ जना छन् ।

देशभर संक्रमित भएर आइसीयूमा रहेर २२३ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३७ जना पुगेकाे छ ।

दुई जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा दुई जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४२९ पुगेकाे छ ।

साथै, पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६४७ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा ६४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६४७ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा सबैभन्दा बढी ५११ ज्नामा सङ्क्रमणको पुष्ट भएको छ । ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना सङ्क्रमित पहिचान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुष तथा भक्तपुरमा २२ महिला र ४१ पुरुष सङ्क्रमित थपिएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter