• Monday, April 21, 2025

थप एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४

काठमाडौं, असोज ७ गते । नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १७२ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल४९ हजार ९५४ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।

हाल १७ हजार ४१४ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १७ हजार ४१४ पुगेको छ । क्वारेन्टिनमा सात हजार १०४ जना छन् ।

पछिल्लो चौबीस घण्टामा ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे छ ।

काठमाडौं उपत्यकामा ६३७ सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकामा तीन जिल्लामा ६३७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुष तथा भक्तपुरमा ४७ महिला र ४८ पुरुष सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter