एकहजार ४९७ सङ्क्रमित, कुल ६९ हजार ३०१, ५० हजारभन्दा बढी निकाे

काठमाडौं, असोज ८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ५५ हजार ९२३ वटा आरटी पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताउनुभएकाे हाे ।

हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ । संस्थागत आइसोलेसनमा आठहजार ६१४ र होम आइसोलेसनमा नौहजार ८२३ संक्रमितहरु रहेका छन् । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेकाे छ ।क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।

१७ जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा १७ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घण्टाभित्र अहिलेसम्म कै सबैभन्दा बढी नेपालमा संक्रमितको मृत्यु भएको छ । यसअघि केही दिनअघि मात्र २४ घण्टामा १६ जनाको मृत्यु भएको थियो । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५३ पुगेकाे छ ।

काठमाडौं उपत्यकामा ७५५ सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रतिको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा २२९ महिला र ३८० पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुष तथा भक्तपुरमा १२ महिला र ३९ पुरुषमा सङ्क्रमितको पहिचान गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter