• Friday, April 11, 2025

महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौतीः मन्त्री अर्याल

काठमाडौँ,असोज ९ गते।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताउनु भएको छ । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उहाँले भन्नुभयो, “महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो ।” महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन नसक्ने उहाँको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासङ्घले यो अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्नुभयो । सङ्घीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरा जैरुले महासङ्घमा आफू शुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेको गर्व व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेशसभाका सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोचबिना समुन्नत समाजको परिकल्पना समेत गर्न नसकिने तर्क राख्नुभयो ।

सो अवसरमा वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।” समाज कल्याण परिषदका सदस्य डा मणिराम बन्जाडेले महासङ्घले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा महिलाको नेतृत्व बढाउँदै लगेको बताउनुभयो । महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले महिलामैत्री नीति बनाउन तीनै तहका सरकारलाई आग्रह गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter