एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

काठमाडौं, असोज ९ गते । नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।

चौबीस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेकाे छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

आइसोलेसनमा कुल १८ हजार २८९ पुगेको छ । होम आइसोलेसनमा दश जार ५२ सहित १८ हजार २८९ जनामा संक्रमितहरु आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा छ हजार ४६४ जना छन् ।

६ जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा ६ जनाकाे मृत्यु भएकाे छ । हिजाे सबैभन्दा बढी नेपालमा १७ जनाकाे संक्रमितको मृत्यु भएको थियाे । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५९ पुगेकाे छ ।

काठमाडौं उपत्यकामा थपिए ६ सय ४५ संक्रमित

काठमाडौं उपत्यकामा शुक्रबार थप ६ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय तीन, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter